१२ श्रावण २०८१, शनिबार

महाधिवेशनको अन्तिम तयारीमा कांग्रेस, इतरपक्षमा उम्मेदवार छान्न महाभारत
  • न्युज मानसराेवर

बाँके\ आज २०७८ साल मंसिर महिनाको २१ गते । बितेको २४ घण्टामा देशमा भएका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’मा समेट्ने प्रयास गरिएको छ ।
००००
कांग्रेसको १४ औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा शुरू हुँदै छ । महाधिवेशनबाट सभापति, पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।आज २०७८ साल मंसिर महिनाको २१ गते । बितेको २४ घण्टामा देशमा भएका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’मा समेट्ने प्रयास गरिएको छ ।
००००
कांग्रेसको १४ औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा शुरू हुँदै छ । महाधिवेशनबाट सभापति, पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।

कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए ।
काँग्रेस सभापतिका लागि शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने विमलेन्द्र निधि पनि मैदानमा छन् । यस्तै संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्ने पहल जारी रहेपनि सहमति जुटिसकेको अवस्था छैन । सोमबार पनि संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेका थिए ।

रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति नभएको बताइएको छ ।
बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल रहेको बताउँदै छाडिदिन आग्रह गरेका थिए । यद्यपि अरु नेताको नाममा सहमति बनेपनि आफूलाई छाड्न कुनै आपत्ति नभएको उनको भनाइ थियो ।

बैठकमा शशांकको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सबभन्दा राम्रो मेरो छ, तर तपाईंहरु सहमति गर्नुहुन्छ भने म छाड्न तयार छु ।’ सो बैठकमा साझा उम्मेदवारबारे साझा धारणा बन्न नसकेपनि पुनः बैठक बसेर सहमति जुटाउन पहल गरिने एक नेताले बताए । ४ नेताको नेतृत्वमा हानथाप हुँदा साझा उम्मेदवार तय गर्न ढिलाइ भएको हो ।
००००
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिलाई अदालतको विषय बनाउन नहुने बताएका छन् ।  अनेरास्ववियुले सोमबार आयोजना गरेको ‘सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान’ कार्यक्रममा उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनमा जानुको विकल्प नभएको समेत उल्लेख गरे ।
००००
बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
००००
स्थानीय तहका लागि आह्वान गरिएको परीक्षामा उत्तीर्ण भएपछि पदस्थापन गरिएको कार्यालयप्रति असन्तुष्ट र हाजिरी गर्न समस्या भएका छैठौं तह र सोभन्दा तलका १५ सय कर्मचारीको एकदुई दिनभित्रै सरुवा गरिने भएको छ । लोकान्तर

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech