७ बैशाख २०८१, शुक्रबार

३६ हजार जनालाई खुवाउन बूक भएको कांग्रेस महाधिवेशनको मेनु– मटन करीदेखि स्वीट योगर्टसम्म
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधिले मटन करीदेखि स्वीट योगर्टसम्म खान पाउने भएका छन् ।

२४ गतेदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई खाना खुवाउनका लागि गौशालामा रहेको अनुपम फूडल्यान्डसँग सम्झौता भइसकेको छ ।

सम्झौताअनुसार महाधिवेशनमा आउने प्रतिनिधिलाई हरेक बिहानको ब्रेक फास्ट, लञ्च (बिहानको खाना) र डिनर (रातिको खाना) उपलब्ध हुनेछ । उनीहरूले महाधिवेशनको पहिलो दिन २४ गते बेलुका मात्र खाना खान पाउने छन् । लञ्च/डिनर दुवैमा ९ प्रकारका डिस उपलब्ध हुनेछन् । त्यो रात जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज फ्राइ, दाल पञ्चरत्न, साग, सलाद, मिक्स असार र दहीको मेनु रहेको छ ।

२५ गतेदेखि २७ गतेसम्म बिहानमा चना, उसिनेको अण्डा, ब्रेड जाम, चिया र कफी ब्रेकफास्टका रूपमा उपलब्ध हुनेछ ।

बिहानको खानामा जिरा राइस, चिकेन फ्राइ, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही खान पाउने छन् । बेलुका भने २४ गतेकै मेनु अनुसार खाना खान पाउने व्यवस्था गरिएको छ ।

प्रत्येक बिहान र बेलुकाको खानामा अचार र डेजर्ट फरक–फरक खुवाउने मेनु रहेको अनुपम फूडल्यान्डका सञ्चालक कृष्ण पौडेलले जानकारी दिए ।

अचारमा मिक्स अचार, आँपको अचार, मेथी अचार र हट पिकल खुवाउन लागिएको छ भने डेजर्टमा दही, फ्रुट एन्ड कर्ड र स्वीट योगर्ट मेनुमा रहेको पौडेलले जानकारी दिए ।

महाधिवेशनको पहिलो दिनको बेलुका ६ हजार कार्यकर्ता तथा प्रतिनिधिहरूलाई खान खुवाउन लागिएको छ ।

२५ गते बिहान ४ हजार ५ सय जनालाई ब्रेकफास्ट र ६ हजार जनालाई खाना खुवाउनका लागि सम्झौता गरेको अनुपम फूडल्यान्डले जनाएको छ ।

२५ गते बेलुका भने ४ हजार जनालाई मात्रा खाना खुवाउनका लागि सम्झौता भएको छ ।

महाधिवेशन अवधिभरका लागि समग्रमा ३६ हजार प्लेट खाना खुवाउने गरी सम्झौता भएको छ । छिटोछरितो खाना उपलब्ध गराउनका लागि महाधिवेशन स्थलमा २० वटा लाइन बनाएर खाना वितरण गरिने बताइएको छ ।

खाना खुवाउनका लागि सर्भिसमा १७० जना, किचनमा ७० सेफ र सफाइमा ९० जना गरी प्रत्येक दिन ३३० जना कर्मचारी परिचालन गर्न लागेको अनुपम फूडल्यान्डका कार्यकारी सेफ ध्रुवप्रसाद आर्चायले बताए ।

‘हामीले प्रत्येक दिन ३३० जना कर्मचारी परिचालन गर्न लागेको छौं, जसले गर्दा खाना खुवाउन सजिलो र छरितो हुन्छ भन्ने लागेको छ,’ सेफ आचार्यले लोकान्तरसँग भने, ‘बिहानको खाना खुवाइसकेपछि बाँकी रहेको खानालाई डिस्पोज गरेर बेलुका नयाँ किचन बनाउने हिसाबले तयारी गरेका छौं ।’

खाना स्वस्थ्य र ताजा खुवाउने तथा बिहान प्रयोग भएका सबै सामानहरू बेलुकाको खानामा पुनः प्रयोग नगर्ने गरी तयारी थालेको उनले बताए ।

त्यहाँ जम्मा भएको फोहोर व्यवस्थापन गर्नका लागि काठमाडौं महानगरपालिकासँग समेत सहकार्य भइसकेको छ ।

२०७२ सालमा स्थापना भएको फूडल्यान्डमा शुरूमा ११ करोड लगानी थियो, अहिले २१ करोड पूँजी पुगेको छ ।

अनुपम फूडल्यान्डमा कक्षपात्र, कल्पवृक्ष र गार्डेन हल गरी एक दिनमा ३५ सयजना सम्मलाई खाना खुवाउन सक्ने क्षमता छ ।

७० जना एकैपटक अट्न सक्ने रेस्टुरेन्ट रहेको फूडल्यान्डमा सिग्नेचर डिसको रूपमा घ्यूमा पकाएको मटन पक्कु पनि उपलब्ध हुन्छ ।

त्यसका साथै इन्डियन खाना, नेपाली खाना र चाइनिज खाना समेत रेस्टुरेन्टमा पाइने सेफ आचार्यले बताए ।

३५० देखि ४ सयवटा गाडी पार्किङ गर्न मिल्ने गरी १२ रोपनी जग्गामा पार्किङ सुविधा उपलब्ध रहेको सञ्चालक कृष्ण पौडेलले बताए । लोकान्तरमा प्रकाशित

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech