८ बैशाख २०८१, शनिबार

लैङ्गिक हिंसा विरुद्ध बैजनाथ वडा न ८ मा अभिमुखीकरण सम्पन्न
  • न्युज मानसराेवर

बाँके\ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान वडा न.८ मा अभिमुखीकरण गर्दै कार्यक्रममा सम्पन्न गरिएको छ । बैजनाथ गाउँपालिका वडन ८ का वडा सदस्य कृष्ण सुनारको अध्यक्षतामा उक्त एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अथिति बैजनाथ गाउँपालिका सामाजिक विकास समिति संयोजक गुमान बहादुर दमाइले कसैले पनि लैङ्गिक हिंसा कसैले पनि गर्न नहुने बताउदै कसैले हिंसा गरेको खण्डमा सबैले कानूनी उपचार ओज्न आवश्यक रहेको बताए ।

दमाइले बैजनाथ गाउँपालिकाले सबै प्रकारका हिंसा विरुद्ध कडा प्रतिवाद गर्ने सरकार रहेको समेत दावि गरे । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा सदस्य धिरेन्द्र सिह ठकुरीले अभिमुखीकरणको शुभकामना व्यक्त गरे ।

उनले स्थानीय सरकारले गाउँ टोल स्तरमा हिंसाका विरुद्ध लड्न प्रेरणा दिइरहेको बताए । कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख लक्षी ज्ञवालीले हिंसाका प्रकाश र कानूनी उपाय बारे सहजीकरण गरेकी थिइन ।

कार्यक्रममा अध्यक्ष कृष्णा सुनारले हिंसाको अत्य गर्नाको लागि सबै जना आर्थिक क्षेत्र संग जोडिन आवश्यक रहेको बताएकी थिइन ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech