७ बैशाख २०८१, शुक्रबार

मन्त्रीकी बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्ति
  • न्युज मानसराेवर

बाँके\महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्ति दिएकी छन् । मन्त्रिपरिषद्ले रेग्मीको सिफारिसमा उनकी बुहारी मोनिका भट्टराई अधिकारीलाई परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो ।

भट्टराई रेग्मीका छोरा विजय अधिकारीकी पत्नी हुन् । विजयले पनि अहिले मन्त्रीको ‘सल्लाहकार’का रुपमा मन्त्रालयमा काम गरिरहेका छन् । विजय र मोनिका दुवै केही समयअघि मात्रै अमेरिकाबाट नेपाल फर्किएका थिए । विजयको चितवनस्थित भरतपुर क्यान्सर अस्पताल अगाडि फार्मेसी सञ्चालनमा छ ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech