१२ श्रावण २०८१, शनिबार

करोडौं मुल्यको नदीजन्य सामाग्री विप्लवको कब्जामा
  • न्युज मानसराेवर

बाँके : बाँकेमा अवैध रुपमा उत्खनन गरी भण्डारण गरिएका गिट्टी, बालुवा र ढुंगालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले कब्जा गरेको घोषणा गरेको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकास्थित विभिन्न ३ स्थानमा डम्पिङ गरिएको उक्त सामाग्रीलाई विप्लव समुहले कब्जा गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्वर २ को टीकुलीपुर  र वडा नम्बर ६ स्थित फत्तेपुरस्थित खल्लाटेपरी, ढलैयामा करोडौं मुल्यको नदीजन्य सामाग्री डम्पिङ गरेर राखिएको छ ।

अवैध रुपमा गिट्ट, बालुवा संकलन गरेर सामुदायिक वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा कब्जा गरिएको विप्लव निकट युवा संगठन नेपाले जानकारी दिएको छ । तस्कर गरेर राखिएका गिट्टी र बालुवा जनताको सम्पत्तिका रुपमा राज्यले लिनुपर्ने उक्त संगठनले जनाएको छ ।

विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबी शाहीले कब्जा गरिएको गिट्टी, बालुवा जनताको नहुँदासम्म पार्टीको मातहतमा रहने बताए । उनले भने, ‘जनताको सम्पत्ति भयो भने हामी राज्यलाई फिर्ता गर्छौ ।’

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech