१२ बैशाख २०८१, बुधबार

BREAKING : प्रकाशमानले माने संस्थापनइतरको साझा उम्मेदवार रामचन्द्र पौडेल
  • न्युज मानसराेवर

काडमाडौँ \ नेपाली कांग्रेसको संस्थापन इतरका केन्द्रीय सदस्यले सभापति पदमा रामचन्द्र पौडेललाई अगाडि सार्ने निर्णय गरेको छ ।

प्रकाशमान सिंहलाई समेत मनाएर साझा उम्मेदवार बनाउने सहमति बिहीवार बिहान भएको छ ।

प्रकाशमानले नछाडे शेखर कोइराला पनि सभापतिको उम्मेदवार हुनेछन् ।

अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापन इतरका केन्द्रीय सदस्यहरूको बैठकले पौडेललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

प्रकाशमान सहमत भएमा सभापतिको दाबी गरिरहेका उनीसहित डा. शेखर कोइराला, शशांक कोइराला पदाधिकारीमा समेटिने छन् ।

पदाधिकारी दाबी गरेका नेताहरूले सहमतिका लागि आफूहरू केन्द्रीय सदस्यमा बस्न राजी रहेको बताएका थिए ।

बहुसंख्यक केन्द्रीय सदस्यको आग्रहपछि प्रकाशमान दबाबमा परेका छन् । कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ ।

संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech