१४ बैशाख २०८१, शुक्रबार

बजारीकरण गर्न किसानलाई ढुवानी हस्तान्तरण
  • न्युज मानसराेवर

बुटवल\ हेफर इन्टरनेशनल नेपालले कृषि सहकारीलाई कृषि ढुवानीको साधन प्रदान गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार एक समारोहका बीच रुपन्देहीमा उक्त सवारी साधनको चाबी सहकारीका ४७ सदस्यलाई हस्तान्तरण गरे । सवारी साधन हस्तान्तरण गर्दै प्रमुख प्रमुख शेरचनले  हरेक तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक योजना तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

यस्तै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले दिगो विकास लक्ष्य प्राप्ति हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरु निर्माण गरिएको दाबी गरे । प्रदेशले कृषिलाई नै केन्द्रबिन्दु मानेर काम गरेको उनको भनाइ छ ।

हेफरका कार्यक्रम संयोजक अनन्तराम सिलवालले कृषिजन्य उत्पादन बजारीकरणका क्रममा नियमित ढुवानी सेवा उपलब्धता प्रमुख समस्या रहेको भन्दै त्यसको समाधानका लागि सहकारी तथा हेफर इन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानीका साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गर्ने गरी प्रदान गरिएको जानकारी गराए ।

उनले पहिलो चरणमा २८ वटा र हाल ४७ वटा गरी जम्मा ७५ वटा सवारी साधन कृषि सहकारीलाई प्रदान गरिएको बताए । ढुवानीका साधनमा सहकारी र हेफरको ५०/५० प्रतिशत लगानी छ ।

साधान गण्डकी प्रदेशबाट बाग्लुङका २, नवलपरासीका २, कास्कीका २, लमजुङका १, तनहुँ र पर्वतका १र१ वटा कृषि सहकारीलाई सवारी साधन प्रदान गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका दाङका १, पाल्पाका ७, प्युठानका १, बाँकेका ५, गुल्मीका २, कपिलबस्तुका १, कर्णाली प्रदेशबाट बर्दियाका ३ र सुर्खेतका २ गरी ४७ वटा सहकारीलाई सवारी साधन प्रदान गरिएको छ ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech