१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसको १४औँ महाविधेशन काठमाडौमा उद्घाटन
  • न्युज मानसराेवर

काठमाडौ : कांग्रेसको १४औँ महाविधेशन काठमाडौको भृकुटीमण्डपमा चलिरहेको छ । महाधिवेशनको भव्य समारोहका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको एप ‘नेपाली कांग्रेस’ सार्वजनिक गर्दै को उद्घाटन गरे । प्रविधिमैत्री एवं डिजिटल कांग्रेस बनाउने अभियानका साथ कांग्रेसले एप तय गरेको हो। एपमा पार्टीका सबै गतिविधि समेटिएको छ।

सोही कार्यक्रममा दिवङ्गत कांग्रेस नेता खुमबहादुर खड्काको स्मरणमा तयार पारिएको पुस्तकसमेत उद्घाटन सत्रमा सार्वजनिक गरिएको छ। ‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो। हजारौं नेता तथा कार्यकर्ताको उपस्थितिमा सभापति देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत कांग्रेसका केन्द्रीय नेताको सहभागिता छ।

महाधिवेशनको सफलताको शुभकामना दिनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेल उपस्थित छन्।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि महाधिवेशनस्थलमा उपस्थिति छ। भारतबाट भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि आएका छन्।तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७ सय प्रतिनिधि सहभागी हुनेछन्।

  • २४ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech