१५ चैत्र २०८०, बिहीबार

फोनिज बाँकेको अध्यक्षमा थारु निर्वाचित
  • न्युज मानसराेवर

बाँके\ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु निर्वाचित भएका छन ।

शनिवार नेपालगन्जमा भएको शाखाको छैठौं अधिवेशनले थारुलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्ष थारु लगायत १० जना कार्यसमितिलाई निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा सोम गुरुङ, सचिबमा लक्ष्मी चौधरी, सहसचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा दिपक राई निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यहरुमा अशोक थापा, सुबिता थारु, रुपा चौधरी, सुषमा श्रेष्ठ, मस्तीराम चौधरी चयन भएका छन । १३ सदस्यीय कार्यसमितिमध्ये हाल १० जना निर्वाचित भएका छन भने ३ जना सदस्यलाई पछि थप गर्ने बताइएको छ ।

त्यसैगरी, अधिवेशनले बिधान अनुसार ८ जना सदस्यलाई प्रदेश महाधिवेशन र ५ जना सदस्यलाई संघीय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।

फोनिजले आज मङ्सिर २५ गते देशैभरका जिल्ला शाखाहरु, पुस २४ गते प्रदेश महाधिवेशन र माघको ७ र ८ गते संघीय महाधिवेशन गर्ने यसअघि नै निर्णय गरेको थियो ।फोनिजको हालसम्म ५४ जिल्ला शाखा, ७ प्रदेश र ५ बिदेश शाखा समितिहरु रहेका छन ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech