१६ चैत्र २०८०, शुक्रबार

‘लागूऔषध दुर्व्यसन रोग हो, उपचार तथा काउन्सिलिङ्ग हुनसके निको हुन सक्छ’
  • न्युज मानसराेवर

बाँके\ लागु औषधको दुर्व्यसन पनि एक प्रकारको रोग भएको र यसको समयमा उपचार तथा काउन्सिलिङ्ग हुनसके पुरानो लयमा फर्कन सक्ने नेपालगञ्जमा ओयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन ।

नेपालगञ्ज उपमहानगरको आयोजना तथा उपमहानगरमा सञ्चालनमा रहेका लागू औषधविरुद्धको पुनस्थापना केन्द्रहरुको संयोजनमा आयोजित कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगर महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले लागू औषधको दुर्व्यसनमा बालबालिका चाँडै फस्न सक्ने भएकोले उनीहरुको आनीबानी तथा व्यवहारलाई अभिभावकले निरन्तर नियाल्नु पर्ने सुझाव दिदै यदी कुलतमा फसेको थाहा पाउने वित्तिकै उपचारमा राख्नु पर्ने सुझाव दिईन ।

उनले भनिन–‘ परिवारका सदस्य लागू औषधका दुर्व्यसनमा फसेको जानकारी पाउने वित्तिकै लुकाउने प्रबृत्ति हाम्रो समाजमा छ । यो लुकाउनु भन्दा पनि दुव्र्यसनमा परेको जानकारी पाउने वित्तिकै उपचारमा लैजान आवश्यक छ ।’ उनले दुर्व्यसनमा परेकालाई समाजले हेयको दृष्टिले हेर्ने कारणले पनि उनीहरु प्रति नकारात्मक दृष्टिकोण बन्ने गरेको बताउदै उनीहरुलाई हेर्ने दृष्टि र गर्ने व्यवहारमा सामान्य हुँदाको अवस्थाकै गर्नु पर्ने कुरामा जोड दिईन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बाँके जिल्ला अदालतका न्यायाधिश खडानन्द तिवारीले लागू औषध प्रयोगकर्तालाई कानूनी सजाय भन्दा पनि उनीहरुलाई उपचारात्मक पद्धतीबाट अघि लैजानु पर्ने कुरामा जोड दिए ।

उनले लागू औषधको मुद्दामा ल्याईएका व्यक्तिको केश हिस्ट्रि, व्यावसायी हो वा प्रयोगकर्ता के हो छुट्टयाउन आवश्यक रहेको औल्याउदै लागू औषधका प्रयोगकर्तालाई पुर्नस्थापना केन्द्रमा पुराई उपचार गराउन सके नतिजा राम्रो आउने सुझाव दिए ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech