१३ बैशाख २०८१, बिहीबार

कांग्रेस सभापतिमा ६ जनाले दर्ता गरे उम्मेदवारी
  • न्युज मानसराेवर

काठमाडौँ\ नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन् ।

देउवा प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदार उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठोर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै शेखरको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रभावशाली युवा नेता गगन थापा र मीनेन्द्र रिजालको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीमा खुलातर्फ देवराज चालिसे, महिलामा कमला पन्त, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, आदिवासी जनजातिबाट विकास लामा र अल्पसंख्यकबाट वकिल मिया उम्मेदवार बनेका छन् । शेखरको प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ छ ।

प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता काेइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

पहिलो चरणको मतदानमा ५१ प्रतिशत ल्याउन नसकेको दोस्रोपटक पनि मतदान हुनेछ । त्यतिबेला भने शीर्ष २ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech