७ बैशाख २०८१, शुक्रबार

एमालेका केन्द्रिय सदस्य ढकालले पाए बाँके जिल्ला इन्जार्चको जिम्मेवारी
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेको जारी केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले बाँके जिल्लाको इन्चार्जमा सुर्य ढकाललाई जिम्मेवारी तोकेको छ ।

१० औँ महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित ढकाललाई जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो । ढकाल लगाएत अन्य ७६ जिल्लाका इन्चार्ज समेत केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले  जिम्मेवारी प्रदान गरेको हो ।

बैठकले ७ प्रदेशका इन्चार्ज समेत तोकेको छ । भने ३२ विभागिय प्रमुख र २२ जनवर्गीय संगठनहरुको इन्चार्ज र सह इन्चार्ज को जिम्मेवारी प्रदान गरेको छ ।’ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज  सुर्य ढकालले जानकारी गराएका छन। ‘ यसै गरी केन्द्रिय पदाधिकारीको वरीयता कायम समेत गरिएको बताइएको छ ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech