१२ श्रावण २०८१, शनिबार

महेशलाई स्वर्ण
  • न्युज मानसराेवर

काठमाडौं : मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जितेका हुन् ।

चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जिते । नेपालकै सफल गुरुङ चौथो भए । उक्त स्पर्धामा १४ खेलाडी सहभागी थिए ।

बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका बलु खड्काले कांस्य जिते । उनको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । १३ प्रतिस्पर्धी सहभागी स्पर्धामा हङकङका लाइ चि मेङ पहिलो र फिलिपिन्सका मानुएल पेड्रो दोश्रो भए । प्रतियोगितामा १ सय २ खेलाडीले सहभागिता जनाएको बताइएको छ ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech