१५ चैत्र २०८०, बिहीबार

मतदान प्रक्रिया साढे १२ बजेसम्म लम्बिने, २ बजेअघि मतगणना सुरु हुन नसक्ने
  • न्युज मानसराेवर

काठमाडौँ \ नेपाली काँग्रेसको सम्पूर्ण मतदान प्रक्रिया सकिन राति साढे १२ बजेसम्म लाग्ने देखिएको निर्वाचन समितिले जनाएको छ । काँग्रेसको निर्वाचन समितिका अधिकृत राजकुमार उप्रेतीले सम्पूर्ण निर्वाचन प्रक्रिया सकिएपछि पनि प्राविधिक तयारी पूरा गरेर मतगणना सुरु गर्न मंगलबार बिहान २ बजेसम्म लाग्ने देखिएको बताए ।

उनले २ बजेपछि सभापति पदको मतगणना सुरु गर्न सके बिहान ८ बजेसम्ममा अन्तिम मतपरिणाम आउन सक्ने बताए । उनले सभापतिको टुंगो लागेपछि मात्रै अन्य पदको मतगणना हुने पनि बताए ।
सम्पूर्ण नतिजा पुस ३ गतेभित्र सार्वजनिक गर्न गरिने पनि उनले बताए ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech