१४ बैशाख २०८१, शुक्रबार

एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाजको अधिवेशन सप्पन्न
  • न्युज मानसराेवर

कोहलपुर \ ने क पा एमाले को भातृ सङ्ग्ठन नेपाल उत्पीडित जातिय मुक्ति समाज वडा अधिवेशन सप्पन्न गरिएको छ ।नेकपा एमाले का केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालको प्रमुख आथित्यमा कोहलपुर वडा न ८ को वडा अधिबेशन सम्पन्न गरेको हो ।

वडा अधिवेशन बाट  जसो चदाराको अध्यक्षतामा २३ सदस्य नेपाल उत्पीडित जातिय मुक्ति समाज वडा समिति चयन गरिएको छ ।

कार्यक्रममा समाज रुपान्तरणको संवाहक एक मात्र नेकपा एमाले पार्टी रहेको प्रमुख अथिति सुर्य ढकालले बताएका छन। उनले नेपालको संविधान २०७२मा दलित अधिकार ,राजनितिक ,सांस्कृतिक अधिकार मौलिक अधिकारका रुपमा सुनिश्चित गरिएको बताएका छन।

प्रेम ब कामीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नेता लुट ब रावत , बलराम भट्टराई ,शोभाकर अधिकारी ,रेशम बहादुर खत्री ,डिल ब परियार ,निर्मला सुनार ,शान्ति सुनार ,खिल प्र भुसाल ,हरि ब सुनारले वडा अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

त्यसै गरि नेकपा एमाले को वडा नम्बर ८ को वडा कार्यालय को उद्घाटन समेत गरिएको छ । कार्यक्रमको संचालन भिम बहादुर नेपालीले गरेका थिए ।

कोहलपुर नगरपालिकाका १५ वटै वडाहरुमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको वडा अधिवेशन लगाएत  पार्टीका  सबै  भातृय संगठनहरुको अधिवेशन तिब्र रुपमा सम्पन्न गर्ने योजना रहेको नेकपा एमाले नगर कमिटि अध्यक्ष खिद प्रसाद भूसालले जानकारी गराएका छन  ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech