१३ बैशाख २०८१, बिहीबार

कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गणना पनि आजै सुरु हुने
  • न्युज मानसराेवर

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रिय सदस्यको मत गणना पनि बुधबार(आजै) सुरु हुने भएको छ ।

अन्य पदाधिकरीको मतपेटिका चुनावकै दिन सोमबार राति पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर राखिएको थियो । आजबाट सुरु भएर सबै परिणाम पुस ५ गते भित्र सम्पन्न गर्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

सोमबार भएको मतदानमा सभापतिका पाँच जना उम्मेदवार कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुनः मतदान गराउँदा शेरबहादुर देउवा सभापतिमा निर्वाचित भइसकेका छन् ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech