७ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेको कोहलपुर १२ मा पार्टी कार्यालय उद्घाटन
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिका वडा न १२ मा नेकपा एमालेको वडा पार्टी  कार्यालय उद्घाटन गरिएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य  तथा बाँँके जिल्ला इन्चार्ज  सुर्य ढकालले आज  वडा पार्टी  कार्यालय उद्घाटन गरेका हुन।

वडा न १२ को वडा कार्यालय उद्घाटन पश्चात केन्द्रिय सदस्य ढकालले पार्टी निर्माण ,परिचालन र कार्यलय ब्यवस्थापन को लागि कार्यालय अब्ल हुने विश्वास लिएको बताए ।

उनले जिल्लाका ८१ वटै वडाहरुमा पार्टीको संगठन निमार्ण र क्रियाशिल बनाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

ढकालले आगामी स्थानीय तहको निर्वाचन लाई लक्षित गर्दै केन्द्रले समेत विभिन्न कार्यक्रमहरु जिल्ला जिल्लामा संचालन गर्ने योजना रहेको कार्यक्रममा भनेका छन।

वडाको पार्टी कार्यालय उद्घाटन कार्यक्रमको अध्यक्षता नेकपा एमाले वडा १२ का अध्यक्ष प्रेम राना गरेका थिए। भने कार्यक्रम संचालन वडा सचिव विमला विकले गरेकी थिइन । कार्यक्रममा स्थानीय एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech