१३ बैशाख २०८१, बिहीबार

श्रीलंकाविरुद्ध नेपालको सानदार जित
  • न्युज मानसराेवर

काठमाडौं\ नेपाली महिला फुटबल टोलीले यू-१९ साफ च्याम्पियनसिपमा श्रीलंकालाई ६-० गोलको नतिजामा पराजित गरेको छ ।

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा श्रीलंका माथि लगातार दबाव सृजना गरेको नेपालका लागि रस्मि घिसिङले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।

यस्तै, सबिता राना मगरले त्यसको एक मिनेट नबित्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् ।

खेलको ४३औं मिनेटमा कुसुम खतिवाडाले गोल गर्दै पहिलो हाफमा श्रीलंकाविरुद्ध ३-० को अग्रता कायम गर्न टोलीलाई मद्दत गरिन् ।
लगातार श्रीलंकाको रंक्षापंक्तिमा हावी भएको नेपालका लागि दोस्राहाफ सुरू भएको तीन मिनेट नबित्दै रजनि ठोकरले चौथो गोल गरिन । यस्तै, ५३औं मिनेटमा सबिताले पाँचौ गोल गरिन । श्रीलंकन टोलीलाई निरन्तर दबावमा राखेको नेपालका लागि रस्मि घिसिङले खेलको ८५औं मिनेटमा फ्रि-किक मार्फत गोल गर्दै नेपलालाई ६-० गोलको नतिजामा जित दिलाइन् ।

पहिलो खेलमा नेपालले घरेलु टोली बंगालादेशसँग गोलरहित बराबरी खेलको थियो । राउन्ड रोविन पद्दतिमा हुने च्यापम्पियनसिपमा शीर्ष दुई टोलीले पुष ७ गते फाइनल खेल्नेछन् ।

नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा जितसँगै नेपालले ४ अंक जोडेको छ । यस्तै, बंगलादेश २ खेलबाट ४ अंकसहित दोस्रो, भारत १ खेलबाट तीन अंक जोड्दै दोस्रो, भुटान २ खेलबाट तीन अंक जोडर तेस्रो तथा जितबिहिन श्रीलंका तालिकाको पुछारमा छ ।

नेपालले अब पुस २ गते भुटान र पुस ४ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech