११ बैशाख २०८१, मंगलवार

कांग्रेस निर्वाचन : २ मतले गच्छदारलाई हराउँदै उपसभापति निर्वाचित भए धनराज गुरुङ, पुर्णबहादुर खड्कालाई २१२१ मत
  • न्युज मानसराेवर

काडमाडौँ\ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत उपसभापति पदको मतगणना बिहीवार राति साढे १२ बजे सकिएको छ ।

मतगणनामा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

बिहीवार बिहान २ बजे सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा धनराज गुरुङले विजय कुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेका छन् ।

गुरुङले १९०८ मत ल्याएर उपसभापति निर्वाचित हुँदा गच्छदारले १९०६ मत ल्याएका छन् । उनीहरूबीचको मतअन्तर २ मात्रै छ ।

सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन्।

उपसभापतिमा पूर्णबहादुर खड्काले २१२१,  विजयकुमार गच्छदारले १९०६ , धनराज गुरुङले १९०८ र  डा. चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।

उपसभापतिका अन्य उम्मेदवारहरू सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्येश्वरी शाहले १३२ मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा रहेको थियो ।

यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech