१२ श्रावण २०८१, शनिबार

मानव अधिकार समुहले गर्यो बैजनाथका सरोकारवाला विच अन्तरक्रिया
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिकामा मानव अधिकार समुहले शिक्षा ,स्वास्थ्य ,खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमम स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले सहभागिहरुको जिज्ञासाहरुको उत्तर दिए । शाहीले अब छिटै बालबालिकाहरुमा समेत कोभिड १९ विरुद्ध खोप अभियान सञ्जालन गरिने बताए यसै गरी स्वास्थ्य शाखा प्रमुख शाहीले बैजनाथ स्तरमा संचालित मेडिक हरु अरुको नियमन गर्नाका लागि कार्यविधि तयार भएको र अब छिटै प्रत्यक वडाहरु संचालन भएका मेडिक हल को मापदण्ड बारे समेत अनुगमन तथा कानूनी दायरामा ल्याउन पहल गर्ने कार्यक्रममा जानकारी गराएका थिए ।

उनल बैजनाथ गाउँपालिकाले सबै वडाहरु स्वास्थ्यमा सहज पहुचका लागि स्वास्थ्य सेवा कार्यालयहरु स्थापना संस्थापना गरिएको समेत कार्यक्रममा जानकारी गराए । यसै गरी बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकाललाई सहभागिहरुले विद्यालयको अध्यापन सुधारका निम्ति पालिका बाट अनुगमन गर्न आवश्यक रहेको गोमा रिजालले बताइन।उनले हाल विद्यालयहरुमा दिवा खाजामा समेत चाउ चाउ ,विस्कुट खुवाउन नदिनका लागि पालिका स्तर बाट विशेष पहल हुन आवश्यक रहेको बताइन। शिक्षा शाखा प्रमुख ढकालले शिक्षा सम्बन्धि बनेका कानूनको कार्यान्वय गर्नाका लागि आफ् प्रतिवद्ध रहेको बताए ।

उनले गुणस्तर शिक्षा र प्रविधिमैन्त्री शिक्षा प्रदान गर्नाका लागि पालका स्तरबाट नेटको सुविधाका लागि बार्षिक १२ हजारका दरले रकम उपलब्ध गराएको र मावि  स्तरका १६ वटा विद्यालयलाई कप्यूटर ,प्रिन्टर जस्ता उपकरण खरिद गर्नाका लागि समेत आवश्यक रकम पालिका स्तरबाट उपलब्ध गराईएको जानकारी गराए । उनले आधारभूत तह सम्म निशुल्क शिक्षा उपलब्ध गराउने बाँके जिल्लाको पहिलो पािलका बैजनाथ गाउँपालिका रहेको समेत कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवाली लगाएतले पालिका स्तरबाट भइरहेका काम बारे जानकारी गराएका थिए ।कार्यक्रमको प्रमुख अथिति बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले स्थानीय सरकारका कमीहरु लाई थप प्रभावकारी बनाउ कार्यक्रमको विशेष औचित्य रहेको बताइन । उनले स्थानीय सरकार बाट गर्न चुकेका जनताका आधारभूत विषयहरु न्यूनिकरण गर्दै जाने बताइन। कार्यक्रमको औचित्य बारे इन्सेक बाँके कि लक्ष्मी चौधरीले सहजीकरण गरेकी थिइन। कार्यक्रममा अध्यक्षता स्थानीय मावन अधिकार समुह सहसंयोजक गोमा सिजालले गरेकी थिइन ।

 

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech