१२ श्रावण २०८१, शनिबार

नरैनापुर गाउँपालिका निजामती कर्मचारी संगठनमा लक्ष्मीकान्त मिश्र चयन
  • न्युज मानसराेवर

नरैनापुर\ नरैनापुर गाउँपालिका स्तरीय निजामती कर्मचारी संगठनको भेला आज सम्पन्न गरिएको छ । निजामती कर्मचारी संगठनको भेलाले लक्ष्मीकान्त मिश्रको अध्यक्ष तामा १७ सदस्य नेपाल निजामती कर्मचारी सगठन पालिका कमिटी विस्तार समेत गरेको छ ।

कार्यक्रमा नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले संगठनको क्रियाशिलताको शुभकामना व्यक्त गरे । उनले एमाले निकट कर्मचारी संगठनमा आवद्ध  कर्मचारीले जनताको सेवामा कटिबद्ध रहेर कार्य सम्पादन गर्न  निर्देशन समेत दिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ, नेता बलराम भट्टराई नेता सोहन यादव नेता कृष्ण थापा लगाएत कार्य समितिलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

निजामती कर्मचारी संगठनका केन्द्रय सदस्य मान बहादुर थापा लगाएत जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech