१२ श्रावण २०८१, शनिबार

एमसिसीले गठबन्धन टुट्दैन – नेपाल
  • न्युज मानसराेवर

बाँके\ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीका सन्दर्भमा गठबन्धनभित्र खेल्न नदिइने बताएका छन। अनेरास्ववियुको लुम्विनी प्रदेश सम्मेलनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसिसी परिमार्जनसहित पारित हुनुपर्नेमा आफुहरु प्रष्ट भएको बताए।

नेपाल कुनैपनि प्रकारको सैन्य गठबन्धनमा सामेल हुदैन, अध्यक्ष नेपालले ,हामी कसैको पनि सुरक्षा धेरामा बस्न चाहदैनौं भनेका छन।  नेकपा हुँदा पार्टीले गठन समिति गठन गरेको र समितिको प्रतिवेदन आएको भन्दै उहाँले एमसिसीबारे आफुहरु स्पष्ट भएको बताए।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटाएमा एमसिसीलाई समर्थन गर्ने भन्दै सार्वजनिक धारणाको आलोचनासमेत गरे  ।

नेपालले ओलीले एमालेलाई पार्टीको रुपमा नभई प्राईभेट लिमिटेड जसरी सञ्चालन गरेको दावी गर्नुभयो । एमालेमा ओलीले आफुलाई बा भन्ने सामन्ती र ब्यक्तिवादी सँस्कार विकास गरेको भन्दै नेपालले  आफुहरु भने कमरेड सँस्कारको पक्षमा रहेको बताए।  उहाँले लोकतन्त्रमा कुनै ब्यक्ति खराब हुन सक्ने भन्दै समग्रमा सबै खराब नहुने नेपालले भनेका छन।   कार्यक्रममा सहरी विकास मन्त्री रामकुमारी झाक्री, नेकपा एकीकृत समाजवादीका सचिव भागवत बिश्वासी, मेटमणी चौधरी, दलवहादुर सुनार, अव्दुल हुसेन खाँ,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा लगायतले मन्तव्य ब्यक्त राखेका थिए । अनेरास्ववियु लुम्विनी प्रदेश कमिटीका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार सम्मेलन शनिबार सम्पन्न हुनेछ ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech