११ श्रावण २०८१, शुक्रबार

नेकपा एस सहभागी हुने सर्वदलीय बैठकमा एमाले नजाने
  • न्युज मानसराेवर

काठमाडौं \ प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेले कारवाही गरेका व्यक्ति समेटेर अवैध रुपमा दर्ता भएको दल नेकपा एस सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताए ।

नेम्वाङले भने – प्रधानमन्त्रीज्यूसँग छलफल गर्न हामी तयार छौं । कांग्रेसको महाधिवेशनमा हाम्रो अध्यक्षले सम्बोधन गर्नुभयो । तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई बैधानिकता दिनेगरि हामी कुनै बैठकमा सहभागी हुँदैनौं ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech