१२ श्रावण २०८१, शनिबार

पाँच दलीय गठबन्धनका कारण न्यायलय बद्नामःएमाले महासचिव पोखरेल
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धले नेपालको न्यायलयलाई बद्नाम बनाएको बताएका छन।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको पालिका कमिटिको तेस्रो पूर्ण बैठकमा प्रमुख अथिति नेता पोखरेलले उक्त कुरा बताएका हुन ।

महासचिव पोखरेलले देशको विकासको गति रोग्नका लागि केपी ओली सरकार परिवर्तन गरिएको बताए ।

उनले देशलाई सधै अस्थितरता बनाउने खेलमा नेताहरुको प्रयोग दुरभाग्र्य पूर्ण रहेको समेत बताए ।

‘उनले अब नेकपा एमाले एक्लै आमागी निर्वाचनमा एकल बहुमत ल्याउने पार्टी बनाउन सबै  क्रियाशिल बन्न पाटीका सबै जनबर्गिय संगठन तथा नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

नेकपा एमाले राप्तीसोनारी गाउँपालिकाको कमिटिको बैठकमा एमाले केन्द्रिय सदस्य तथा बाँँके जिल्ला ईन्चार्ज सुर्य ढकाल सह ईज्चार्ज दिपा शर्मा, प्रदेश कमिटी का सदस्य प्रेम भुषाल रामदास थारु ,गोपल गिरि, रविन्द लम्साल,तुलसिराम थारु,बलराम भटराई आरति पौडेल ,खेमराज शर्मा, लगाएतले आ आफ्नो धारणा राखेका थिए ।  महासचिव शंकर पोखरेलले आजै दाङ  प्रस्तान गरेको नेता सुर्य ढकालले जानकारी गराएका छन।

यसै गरी पालिका स्तरीय बैठकले  सदस्यता नविकरण गर्न छुटेका पुस १० गते भित्र गरिसक्ने पुस २० गते भित्र टोक कमिटि विस्तार गर्ने लगाएत १० बुर्दे कार्ययोजना निर्णय पारिद गरेको छ । पालिका कमिटि अध्यक्ष मनोज केसीको अध्यक्षतामा बैठक सम्पन्न गरिएको थियो।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech