१२ श्रावण २०८१, शनिबार

कांग्रेसको खुला केन्द्रीय सदस्यमा देउवा प्यानलका २५ र कोइराला प्यानलका ९ निर्वाचित
  • न्युज मानसराेवर

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । निर्वाचन समितिले केहीबेरमा मतपरिणाम सार्वजनिक गर्दैछ ।

खुला ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेमा डा. शशांक कोइराला बाहेक देउवा प्यानलका २५ जना र कोइराला प्यानलका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांकले मत प्राप्त गरेका छन् ।

यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, शंकर भण्डारी लगायतले बढी मत प्राप्त गरेका छन् ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech