१२ श्रावण २०८१, शनिबार

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षण सम्बन्धित तिन दिने तालिम सम्पन्न
  • न्युज मानसराेवर

बाँके । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षण सम्बन्धित तिन दिने तालिम सम्पन्न गरिएको छ ।

लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा समाजिक संघ संस्थाका विज्ञ तथा संस्थाका प्रतिनिधिहरु लाइ लैङ्खिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षण सम्बन्धि तालिम दिइएको हो ।

समापन कार्यक्रममा तालिममा सहभागिता सावित्रा नेपालले तालिमको महत्व र यसले लुम्बिनी प्रदेश स्तरमा रहेका सरकारी कार्यालयहरुको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लाई रणनितिक योजनामा रुपान्तरण गर्नाको लागि सहज हुने बताए ।

यसै गरी सहभागिता शोभाराम डाँगीले पछिल्लो समय लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यालयले सक्रियता बढाएका प्रति धन्यवाद दिए ।

उनले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण का औजारहरु प्रयोग गर्दै स्थानीय सरकार लाई थप जवाफदेहिता बनाउने कार्यमा संस्थागत र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यालयको महत्वपूर्ण भूमिका हुने विश्वास गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुरु प्रसाद शर्माले यो झकझक्याउने विषय रैछ अब यहाँहरुले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका औजार हरु प्रयोग गर्दै स्थानीय सरकारको कार्य सम्पादनमा सहजीकरण गर्नका लागि अनुरोध गरे ।

शर्माले स्थानीय तहहरुमा मानविय भावना ,चेतनाको विकासका लागि यहाँहरुको कदम उच्चतम छ शुभकामना यहाँहरुलाई । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानका योजना अधिकृत कृष्णा बहादुर विष्टले कार्यक्रमकोे संचालन गरेका थिए ।

 

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech