१२ श्रावण २०८१, शनिबार

नेकपा एमालेको जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट विधि तयार
  • न्युज मानसराेवर

बाँके । नेकपा एमाले जिल्ला कमिटी सचिवालयको बैठक सम्पन्न गरिएको छ।

नेकपा एमाले बाँके पार्टी कार्यालयमा उक्त सचिवालय बैठक बसेको हो ।

सचिवालयको बैठकले ९ गते जिल्ला कमिटीको बैठक बस्ने र २३ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेको छ । यसै गरी सचिवालयको बैठकले बाँके जिल्ला नेतृत्व सर्वसम्मत गर्ने निर्णय समेत गरेको नेकपा एमाले बाँके इन्चार्ज तथा केन्द्रिय सदस्य सुर्य ढकालले जानकारी गराए ।

ढकालले दिएको जानकारी अनुसार १७ गते जिल्ला अधिबेशनको लागि प्रतिनिधि छनोट गर्ने र दश जना क्रियाशिल सदस्य मध्य १ जना महिला प्रतिनिधि सम्बन्धित नगरपालिका \गाउँपालिका \ उपमहानगरपालिका कमिटि बाट छनोट गरिनु पर्ने छ ।यसै गरी विस जना पुरुष क्रियाशिल सदस्य बराबार एक जना पुरुष प्रतिनिधि चयन हुनुपर्ने ब्यवस्था गराइएको छ।  यसै गरी क्रमश दश जना  मधेशी बराबर एक मधेशी प्रतिनिधि , दश जना जनजाति त्रिलयाशिल सदस्य मध्य १ जना जनजाति प्रतिनिधि छनोट गरीने छ ।

सचिवालय बैठकमा जिल्ला अध्यक्ष  निरक गुरुङ सचिव रत्न खत्री लगाएत जिल्लाका आठ ओटै स्थानीय तह बाट निर्वाचित र मनोनिति प्रतिनिधिहरुको  सहभागिता रहेको थियो ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech