१२ श्रावण २०८१, शनिबार

गृह जिल्लामा रोकायालाई सम्मान
  • न्युज मानसराेवर

बाँके\ गैर सरकारी महासंघको १० औँ महाधिवेशन तथा २७ औँ बार्षिक साधारण सभा बाट  केन्द्रिय सदस्य  निर्वाचित धर्मलाला रोकाया लाई गृह जिल्ला गैर सरकारी महासंघ बाँके शाखाले सम्मान गरेको छ ।

केन्द्रिय सदस्य  रोकाया गैर सरकारी महासंघ बाँके जिल्ला अध्यक्ष ,तत्कालिन मध्यपश्चिम क्षेत्रिय अध्यक्ष र लुम्बिनी प्रदेशको कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै गैर सरकारी महासंघको १० औँ महाधिवेशन तथा २७ औँ बार्षिक साधारण सभा बाट   महासंघको केन्द्रिय सदस्यमा निरविरोध निर्वाचित भएका थिए ।

सम्मान कार्यक्रममा गैर सरकारी महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह जिल्ला कार्य समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

२०५५ साल बाट इन्रुडेक नामक गैर सरकारी संस्था संस्थापक अध्यक्ष रोकाया समाजिक रुपान्तरणका विविध कार्यक्रम संचालन गर्दै आइरहेका छन।

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech