१२ श्रावण २०८१, शनिबार

एमाले बाँकेमा कस्तो नेतृत्व होला ?
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेको आसन्न आठौं जिल्ला अधिवेशनको माहोल बाँकेका ८१ वडाहरुमा  तात्तिएको छ । यही पुष २३ गते नेपालगन्जमा हुन लागेको एमाले बाँकेको अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्ने भएपछि माहोल तातिदै गएको हो । एमाले बाँकेको अध्यक्षका लागि अहिलेसम्म ४ जनाले  आकांक्षा देखाएका छन् ।

एमाले बाँके पदाधिकारी चयन गर्नाको लागि मात्र एक हजार एक सय प्रतिनिधि छनोट हुने  छन।

तर निर्वाचन भन्दा पनि सहमति हुने बढी सम्भावना छ ‘नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सदस्य सुर्य ढकालले भनेका छन। उनले प्रतिनिधि छनोट भए पनि पहिलो हाम्रो र १०औँ महाधिवेशनको सन्देश सबै पदहरुमा सर्व सहमतिमा नेतृत्व चयनका लागि पहल र सहमतिको प्रयास गरिने बताएका छन।

अध्यक्ष पदका लागि  निरक गुरुङ, किष्मतकुमार कक्षपति, रत्न खत्री र डिल्ली बिसीले अध्यक्ष पदमा दावी गरिरहेका छन् । यि चार जना मध्ये एमाले बाँकेको अध्यक्षमा कस्ले बाजी मार्ला ? भनेर आम नेता, कार्यकर्ता वृत्तमा चर्चा भइरहेको छ ।

गुरुङ एमाले बाँकेका वर्तमान अध्यक्ष हुन् । एमालेको सातौं अधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । तत्कालिन अध्यक्ष अशोक कोइराला नेकपा (एकिकृत समाजवादी) तिर गएपछि पार्टीले १० बुँदे सहमति कार्यान्वयन स्वरुप गुरुङलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो ।

यस्तै कक्षपति एमाले बाँकेका वर्तमान उपाध्यक्ष हुन् । उनी यसअघि पार्टीको प्रचार विभाग प्रमुख थिए । कक्षपतिलाई पनि पार्टीले भर्खरै मात्र उपाध्यक्षको जिम्मेवारी दिएको हो । उनी खजुरा गाउँपालिका अध्यक्ष पनि हुन् । यस्तै खत्री एमाले बाँकेका सचिव हुन् । पार्टीकौ छैठौं अधिवेशनमा उपसचिवमा निर्वाचित भएका खत्री सातौं जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।

उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सभापति समेत भएका थिए । यसैगरी युवा नेता विसी एमाले बाँकेको जिल्ला कमिटी सदस्य हुन् । पत्रकारितासँगै राजनीतिमा छिरेका उनी हाल एमाले निकट प्रेस चौतारी नेपालको केन्द्रिय सल्लाहकार पनि हुन् । विसी पार्टीको केन्द्रिय प्रचार विभाग सदस्यको जिम्मेवारीमा पनि छन् । पार्टीको नेतृत्व हाँक्न आफुहरु योग्य रहेको चारै जना आकांक्षीले दाबी गरेका छन् ।

 

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech