१२ श्रावण २०८१, शनिबार

यो हो हर्बल टी पिउने सही तरिका
  • न्युज मानसराेवर

बाँके\ तौल घटाउन तथा फिट रहनका लागि मानिसहरू हर्बल टी पिउने गर्छन् । हर्बल टी बनाउँदा र पिउँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

दूध प्रयोग नगर्ने
धेरै मानिसलाई दूधविनाको चिया के चिया भन्ने लाग्छ । तर तौल घटाउनलाई हर्बल चिया पिउँदा त्यसमा दूध मिसाउनुभयो भने प्रभावकारी हुँदैन । दूधमा भएका पोषक तत्त्वका कारण तौल घटाउन बाधा पुग्छ ।

चिनी नहाल्ने
हर्बल टीमा चिनी मिसाउँदा क्यालोरी धेरै बढ्छ । यसले हर्बल टी पिइरहनुको उद्देश्यलाई असफल बनाउँछ ।

फेरि नतताउने
हर्बल टीलाई घरिघर तताउँदा त्यसमा भएको प्राकृतिक हर्बल गुण सकिन्छ । ताजा चिया पिउनुभएमा मात्र लाभ हुन्छ ।

दिनमा एकचोटि मात्र पिउने
जति मन लाग्यो त्यति पिउने कुरा होइन हर्बल टी । यसको सेवनको एक निश्चित समय हुन्छ । हर्बल टी कुन बेलामा पिउन उपयुक्त हुन्छ भनी चिकित्सकसँग सल्लाह लिनुहोला ।

छोपेर चिया नपकाउने
हर्बल टी बनाउँदा भाँडोको बिर्को खुला राख्नुस् र पानीलाई बाफ बनेर उड्न दिनुस् । आयुर्वेदका अनुसार, यसो गर्दा हर्बल टीबाट स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ ।  एजेन्सी

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech