१२ श्रावण २०८१, शनिबार

कोठाभित्र आगो ताप्दा भेरी अस्पतालमा ४ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जको भेरी अस्पतालमा ४ जना मृत फेला परेका छन् । अरू ३ जना बेहोस अवस्थामा भेटिएका छन् ।

अस्पतालको क्वार्टरमा सुतेका धर्मप्रसाद भट्टराईको परिवारका ४ जना मृत फेला परेका हुन् ।

घटनामा धर्मप्रसाद भट्टराई, उनको श्रीमती सुशीला, तीन वर्षीय छोरा विवश र तीन महिने छोरा इप्सनको मृत्यु भएको एसपी श्यामकृष्ण अधिकारीले नेपालवाचलाई जानकारी दिए ।

४३ वर्षीया सासू कोकिला भट्टराई र धर्मप्रसादकी बहिनी नन्दकली र भाइपर्ने नरेन्द्रप्रसाद भट्टराई घाइते छन् ।

सूचना अधिकारी डा. संकेतकुमार रिसालले चार जना मृत फेला परेको नेपालवाचसँग पुष्टि गरे । रिसालका अनुसार, धर्मप्रसाद अस्पतालका कर्मचारी हुन् । उनी केही समयदेखि अस्पताल क्वार्टरमा सपरिवार बस्दै आएका थिए ।

उनीहरू हिटर बालेर बुधबार राति सुतेका थिए । यही कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ । तर यकिन भइसकेको छैन ।

प्रवक्ता रिसालले घटनाको जानकारी लगत्तै आइपुगेको प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

घटनामा बेहोस तीन जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech