१२ श्रावण २०८१, शनिबार

‘काँग्रेस बाँकेमा सर्वसम्मतको प्रयत्न गरिने’
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरले बाँकेमा सर्वसम्मतको पर्यत्न गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले बिहीवार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुस २७ गते हुने जिल्ला अधिवेशनमा आफूले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने बताए ।

सहमहामन्त्री राठौरले १४औं महाधिवेशनले उर्जा दिएको भन्दै पार्टी सुदृढ ढंगले अघि बढ्ने बताए । महाधिवेशनले एकताको सन्देश दिएको बताउँदै उनले नेता कार्यकर्ताहरुलाई एक ढिक्का भएर लाग्न आह्वान गरे ।

चुनावमा एक्लै लड्नुहुन्छ या गठबन्धन गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले परिस्थिति हेरेर हुने बताए । पत्रकारहरुको अर्को जिज्ञासामा उनले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसी पारित हुने बताए ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech