११ श्रावण २०८१, शुक्रबार

माओवादी महाधिवेशन: प्रतिवेदनमाथि सुझाव प्रस्तुति सकियो, भोलि प्रचण्डले जवाफ दिने
  • न्युज मानसराेवर

बाँके\ नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफलको निष्कर्ष प्रस्तुति सकिएको छ ।

प्रचण्डले बन्दसत्रमा पेश गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा २५ समूह बनाएर छलफल गरिएको थियो । ती समूहले बुधबार र बिहीवार पालैपालो निष्कर्ष प्रस्तुत गरे ।

सबै समूहको निष्कर्ष प्रस्तुत भएपछि माओवादी केन्द्रको बन्दसत्र आजका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो एक बजेबाट बन्दसत्र शुरू हुने र त्यसमा अनुशासन, लेखा तथा निर्वाचन आयोगको प्रतिवेदन पेश हुने माओवादी केन्द्रले जनाएको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech