३१ जेष्ठ २०८१, बिहीबार

जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता बिषयक युवाहरुलाई अभिमुखिकरण
  • न्युज मानसराेवर

सुर्खेत\ सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा युवाहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता बिषयक एक दिने अभिमुखिकरण गरिएको छ । युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा सुर्खेतको बिरेन्द्रनगरमा युवा समुह गठन गरि एक दिने क्षमता अभिबृद्धीकालगि अभिमुखिकरण गरिएको हो ।

बिरेन्द्रनगर नगरपालिकामा सञ्चालीत कोभिड १९ खोप अभियानमा सहयोग गर्ने, नगरपालिका तथा बिद्यालयहरुमा ब्यवहार परिवर्तनकालागि अभियान सञ्चालन गर्ने, मास्क अभियानलाई तिब्रता दिने, बालवालिका तथा महिलाहरुको संरक्षणका लागि विभिन्न अभियानहरु सञ्चालन गने लगायत उद्धेश्यले युवा समुह गठन गरि अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरणमा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, प्रभावकारी सञ्चार लगायतका विभिन्न बिषयमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले सहजिकरण गरेका थिए ।

अभिमुखिकरण पछि सहभागि युवाहरुले बिरेन्द्रनगर नगरपालिका भित्र कोभिड १९ बिरुद्धका अभियान सञ्चालन गर्ने, ब्यवहार परिवर्र्तनका बिषयमा समुदाय स्तरमा अभिमुखिकरणबाट सिकेको कुरालाई व्यवहारिक रुपमा लागु गर्ने, आवश्यकता अनुसार अभियानहरुलाई अगाडी बढाउने प्रतिबद्धता गरेका छन् ।
बासका सुर्खेत शाखा अध्यक्ष जगत जनाला बिकले सञ्चालन गरेको अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए  ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech