८ बैशाख २०८१, शनिबार

प्रचण्डलाई भेट्न खुमलटार पुगे गौतम
  • न्युज मानसराेवर

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ।

पार्टी विभाजनको स्थितिमा हालसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले शुक्रबार प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटेका हुन्।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ का अनुसार दुवै नेताबीच बिहान आधा घण्टा छलफल भएको थियो। संसद विघटनपछि प्रचण्ड र गौतमबीचको यो दोस्रो भेट हो। आज शुक्रबारदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदैछ । गौतम राष्ट्रिय सभाका सांसद हुन्।

पार्टी विभाजनमा गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ कुनै पनि पक्षमा नलागेकोमा बादल प्रधानमन्त्री केपी ओली पक्षमा लागिसकेका छन् भने गौतमले अहिलेसम्म आफ्नो कित्ता स्पष्ट पारेका छैनन्। उनले आफू पार्टी फुटको साक्षी नबन्ने उल्लेख गर्दै अन्तिमसम्म आफू एकताको पक्षमा रहने बताउँदै आएका छन्। नेपाल लाइभ

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech