८ बैशाख २०८१, शनिबार

नरैनापुरले शुरु गर्यो अनलाइनमार्फत व्यक्तिगत घट्ना दर्ता
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  जिल्लाको नरैनापुर गाउँपालिकामा  अनलाइन व्यक्तिगत घटना दर्ता  संचालनमा ल्याइएको छ ।  व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न  नरैनापुर गाउँपालिकाका  दुई वटा  वडा बाट अनलाइन व्यक्तिगत घटना दर्ता संचालनमा ल्याइएको हो ।

आज   पहिलो दिन नरैनापुर गाउँपालिका–४ का निवासी बुवा सरिफ खाँ र आमा सरतुल खाँका एक महिने छोरा दिलशाद खाँ र जुबेर बुवा खाँ र आमा मीना बेगमका छोरा जावेद खाँको अनलाइनबाट जन्मदर्ता गरेर अनलाइन व्यक्तिगत घटना दर्ता संचालन  गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।

गाउँपालिकाका  अन्य सबै वडाबाट बिस्तारै सेवा दिने शाहीले जानकारी गराए  । अनलाइन व्यक्तिगत घटना दर्ता सुभारम्भ कार्यक्रममा नरैनपुर गाउँपालिका–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा,वडा नं. २ का वडाध्यक्ष मसुद अहमद खाँ, प्रशासन शाखा प्रमूख भरत महतो, योजना शाखा प्रमूख विजयकुमार यादव, पंजीकरण शाखा प्रमूख जयप्रकाश पाठक, वडा नं. ४ का सचिव सुजिता चौधरी, पंजीकरण शाखाका गोविन्दप्रसाद गोडिया लगायतको सहभागिता रहेको थियो ।

हाल नरैनापुर वडा न ४ र वडा न ६ बाट  अनलाइन व्यक्तिगत घटना दर्ता  संचालनमा ल्याइएको हो ।

 

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech