बाँके बैजनाथ । बैजनाथ गाउँपालिका नेकपा कमिटीमा केपी शर्मा वली निकट कमिटी विस्तार गरिएको छ ।
कमिटीको सचिवमा ईन्द्र बहादुर थापालाई ल्याइएको छ भने नेकपा पुष्पकमल दाहल पचन्ड निकट पूर्व सचिव मिरा कार्कीलाई जिम्मेवारी बाट हटाइएको छ ।
कमिटीमा अध्यक्ष चन्द्र थारु केपी समुहका नै भएका कारण जिम्मेवारी बाट हटाइएको छैन ।
विस्तार गरिएको नेकपा केपी निकट सचिव इन्द्र थापाका अनुसार ७५ सदस्य कमिटी विस्तार गरिएको जानकारी गराए ।
थापाले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिका का विभिन्न वडा स्तरमा समेत आफ्ना समुहका लाई जिम्मेवारी दिएका छौँ उनले भने ।
थापाका अनुसार माधव पक्षका कुनै पनि सदस्यहरुलाई निष्कासन नगरिएको उल्लेख गरे । कार्यक्रममा केपी समुह निकट जिल्ला कमिटि सदस्य घननाथ खनाल ,कमल बस्नेत लगाएतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सरकारले तोकिएको चुनावलाई सफल बनाउ सबै कमिटि परिचालित गराईने बताइएको छ ।