७ बैशाख २०८१, शुक्रबार

बैजनाथमा केपी वली निकट कमिटी विस्तार
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका नेकपा कमिटीमा केपी शर्मा वली निकट कमिटी विस्तार गरिएको छ ।

कमिटीको सचिवमा ईन्द्र  बहादुर थापालाई ल्याइएको छ भने नेकपा पुष्पकमल दाहल पचन्ड निकट  पूर्व  सचिव मिरा कार्कीलाई  जिम्मेवारी बाट हटाइएको छ ।

कमिटीमा अध्यक्ष चन्द्र थारु केपी समुहका नै भएका कारण जिम्मेवारी बाट हटाइएको छैन ।

विस्तार गरिएको नेकपा केपी निकट सचिव इन्द्र थापाका अनुसार ७५ सदस्य कमिटी विस्तार गरिएको जानकारी गराए ।
थापाले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिका का विभिन्न वडा स्तरमा समेत  आफ्ना समुहका लाई जिम्मेवारी दिएका छौँ उनले भने ।

 

थापाका अनुसार माधव पक्षका कुनै पनि  सदस्यहरुलाई  निष्कासन  नगरिएको  उल्लेख गरे   । कार्यक्रममा केपी समुह निकट जिल्ला कमिटि सदस्य घननाथ खनाल ,कमल बस्नेत लगाएतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सरकारले तोकिएको चुनावलाई सफल बनाउ सबै कमिटि परिचालित गराईने बताइएको छ ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech