१२ बैशाख २०८१, बुधबार

बैजनाथमा शुरू भयाे थारू फुटबल प्रतियोगिता
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  थारू युवा क्लब द्वरा बैजनाथ  गाउँपालिका स्तरीयर फुटबल प्रतियोगिता संचालन गरिएकाे छ ।

थारुहरुको महान पर्ब माघीको अबसरमा  संचालन हुन लागेकाे प्रतियोगिताको  एक कार्यक्रमका बिच बैजनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष काली बहादुर सिंहले उदघाटन गरे ।

प्रमुख  अथिति  सिंहले खेलकुदले खेलाडी हरुको प्रतिभा उजागर गर्नुका साथै स्थानिय स्तर देखी  राष्टिय स्तरका खेलाडी उत्पादन गर्नमा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको  बताए । सिहले  खेलकुद प्रतियोगिता संगै माघी पर्बको शुभकामना समेत  दिए  ।

कार्यक्रमका बिशिष्ट अतिथी नेपाल आदिबासी जनजती महासंघ उपाध्यक्ष मंगल मंगल थारुले नेपाल बहुभार्षिक बहु सांस्कृतिक मुलुक भएकोले हामी सबैले एक अर्काको संस्कृति तथा चाडपर्बलाई तथा धर्म संस्कृतिलाई सम्मान   गदै युवाहरू अगाडी बढ्रनु पने धारणाा राखे ।

स्थानीय  थारु युवा क्लबका अध्यक्ष मोतिलाल थारुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनितिक दल, समाजसेबी, उधोगी ब्यापारी, खेलकुद प्रेमी लगायट हरुको सहभागीता रहेको थियो ।

खेलकुदको माध्ययम बाट थारु समुदायका युवाहरुलाई एकिकृत गर्नुका साथै खेलकुदको बिकासका लागी प्रतियोगिता सन्चालन गरीन लागीएको फुटबल प्रतियोगिताको पुस २५ गते समापन गरीने  छ । प्रतियोगितामा ९ टिमको सहभागीता रहेको छ ।

उदघाटन खेलमा  थपुवा गाउँ र डिगीया बिच भएको थियो ।   खेलमा पेनाल्टी मार्फट ४ का बिरुद्ध डिगीयाले ५ गोल गरेको छ ।

खेल  बैजनाथ ४ बानीयाभारमा श्री बि. पि मेमोरीयल मा.बि मा  संचालन गरिएकाे छ ।

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech