१५ बैशाख २०८१, शनिबार

काेहलपुरमा क्रिकेट शुरू : न्यु दर्पण र कारकाँदोको विजयी सुरुवात
  • न्युज मानसराेवर

बाँके बैजनाथ , बाँकेमा सोमबारदेखी ‘केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो दिन २ वटा टिम विजयी भएका छन ।

पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण युथ क्लब र कारकाँदो स्पोर्टस क्लब विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन् । पहिलो चरणमा न्यु दर्पण यूथ क्लब र जगवार क्रिकेट क्लब तथा दोस्रो चरणमा कोहलपुर स्टिकर्स तथा कारकाँदो क्रिकेट क्लब बिच प्रतिष्पर्धा भएको थियो । पहिलो चरणको खेलमा न्यु दर्पण युथ क्लबले जगवार क्रिकेट क्लबलाई ३० रनले पराजित गरेको छ ।

पहिले ब्याटिंग गर्दै न्यु दर्पणले जगवार क्रिकेट क्लबलाई १२१ रनको लक्ष्य दिएको थियो । जवाफी मैदानमा उत्रिएको जगवारले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनायो ।

दोस्रो सोमबार सम्पन्न दोस्रो खेलमा कारकाँदो स्पोर्ट्स क्लबले कोहलपुर स्ट्राइकर्सलाई ३ विकेटले पराजित गर्यो । दोश्रो खेलमा पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ७४ रनको लक्ष्य कारकाँदोले १३.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच संगम कंडेल तथा दिप राना घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार तिन वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल विहान ८ बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र रनियापुर स्पोर्ट्स क्लब, दोश्रो खेलमा विहान ११ बजे कोहलपुर क्रिकेट एकेडेमी र ढकेरी किंग्स तथा तेश्रो खेलमा २ बजे बिबि वारियर्स र रझेना टर्मिनेटरबिच हुने प्रतियोगिता आयोजक कमिटिका सदस्य बिनायक गिरीले जानकारी दिए ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech