११ बैशाख २०८१, मंगलवार

थारु युवा क्लको फुटबल प्रतियोगिता जारी
  • न्युज मानसराेवर

बाँकेको बैजनाथ  ।  बैजनाथ थारु युवा क्लब द्धारा  संचालित   फुटबल प्रतियोगिताको तेस्रो दिन आज दुई वटा टिम बिचको खेल  सम्पन्न भएको  छ । पहिलो खेल मुनलाइट  युवा क्लब पेडारी बि टिम र जन जनउत्साहित  युवा क्लब सुतैया बिच भएको  थियो ।

खेल मा मुनलाइट   युवा क्लब पेडारी बि टिमले  जन उत्साहित युवा क्लब सुतैया लाई शुन्यका बिरुद्ध १ गोल गरेको गरी सेमीफाईनलमा प्रबेश गरेको छ ।

प्रतियोगिताको   द्रोस्रो खेलमा बेरोजगार युवा क्लब डिगीयाले आयोजक थारु युवा क्लब बानियाभारलाई २ का बिरुद्ध ४ गोल गरी सेमीफाईनलमा प्रबेश गरेको  छ  ।

सेमीफाईन खेलमा मुनलाइट  युवा क्लब पेडारी ए टिम र मुनलाइट युवा क्लब पेडारी बि टिम बिच खेल हुने  आयोजक थारु युवा क्लबले जानकारी गराएको छ ।

प्रतियोगितामा ९ टिमको सहभागीता  छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु २० हजार ट्रफि र द्धितिय टोलीले रु १० हजार ट्रफि पुरस्कार स्वरुप प्रात्त गर्ने छन ।

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech