७ बैशाख २०८१, शुक्रबार

नेकपा माधव प्रचन्ड पक्षको तेस्रो विस्तारित बैठक बैजनाथमा सम्पन्न

बाँके जिल्लाको तत्कालिन नेकपा एमालेको दबदवा रहेको बैजनाथमा पछिल्लो समय नेकपा गुटगत भेला बैठकले स्थानीय कार्यकताहरुमा नैराश छाएको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेकपा  माधव प्रचन्ड पक्षको  बैजनाथ गाउँपालिका स्तरीय तेस्रो विस्तारित बैठक सम्पन्न गरिएको छ ।
तेस्रो विस्तारित बैठकले प्रधानमन्त्री केपी ओलीले असवैधानीक कदमको विरोद्ध गर्ने, घरदैलो कार्यक्रम संचालन गर्ने ,र संगठन निर्माणका केन्द्रित रहने गरी तेस्रो विस्तारित बैठक सम्पन्न गरेको हो ।

विस्तारित बैठकले नेकपा पालिका स्तरीय कमिटी अध्यक्ष चन्द्र थारुलाइ कारवार्हीको लागि जिल्ला कमिटीमा सिफारिस गरेको छ भने पालिका स्तरीय कमिटीलाई चलाएमान बनाउन थप ५ जना लाई मनोनिति गरिएको बताइएको छ ।

विस्तारीत बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिति नेकपा केन्द्रिय सदस्य  महेश्व गहथराज अथकले  २०६२ ।०६३ पछि ल्याइएका  र संस्थागत हुने क्रममा रहेका  सबै उपलब्धीहरु माथी  केपी ओलीले संकटमा  पारेको  बताए ।  उनले  स्थानीय स्तरबाट  विरोद्ध र प्रतिकार गर्न सबै लाई आह्व गरे ।’  जनताको बलिदान माथी ओलीले खेलवाड गरेको बताए ।’ अथकले   संसद विगठन असबैधानिक र निरुकुश शैली भएको  दावी गरे ।

कार्यक्रमम  पूर्व राज्य मन्त्री सुनारले सबै जनताहरु लाई असबैधानिक कदमको विरोद्धमा वडाहरु भेला र विरोद्धका कार्यक्रम संचालन गरिने बताए ।  नेकपा जिल्ला अध्यक्ष आइपी ख्ररेल जिल्ला संगठन विभाग प्रमुख रत्न खत्री ,गुमान बहादुर दमाइ , दिपेन्द्र शाह युगान्त लगाएतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १ देखी ८ सम्मका अगुवा कार्यकताहरुको सहभागिता रहेको थिए ।

कार्यक्रमको संचालन मन बहादुर खत्रीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेकपा पालिका स्तरीय कमिटी सचिव मिरा कार्कीले गरेकी थिइन् ।

यस अघि केपी ओली पक्षकोबैठकले सचिव मिरा कार्कीको स्थानमा इन्द्र बहादुर थापालाई जिम्मेवारी दिएको थियो । बाँके जिल्लाको तत्कालिन नेकपा एमालेको दबदवा रहेको बैजनाथमा पछिल्लो समय नेकपा गुटगत भेला बैठकले स्थानीय कार्यकताहरुमा नैराश छाएको
छ ।

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech