८ बैशाख २०८१, शनिबार

काठमाण्डौं पछि नेपालगन्ज सबैभन्दा बढि प्रदुषित
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालको राजधानि काठमाण्डौंलाई विश्वकै १ नम्बर प्रदुषित सहरका रुपमा मापन गरिएको छ । मौसममा आएको परिवर्तनसँगै काठमाण्डौंको वायु सबैभन्दा बढि प्रदुषित देखिएको हो । काठमाण्डौंको वायु मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउनेसम्मको स्तरमा पुगेको छ । त्यसका अलावा बाँकेको नेपालगन्जको वायुमा समेत त्यसप्रकारको समस्या देखिएको छ ।

मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो ।

विभागले दिएको तथ्यांकअनुसार नेपालगन्जमा पीएम २.५ को मात्रा १८९ दशमलव ६ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । यस तथ्याङ्कले नेपालकै दोस्रो प्रदुषित सहरका रुपमा नेपालगन्ज रहेको पुष्टि गरेको छ ।

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech