१३ बैशाख २०८१, बिहीबार

नरैनापुरमा जनमतको वडाधिवेशन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । जनमत पार्टी बाँकेले नरैनापुरमा प्रथम वडा अधिवेशन वडा सम्पन्न गरेको छ । बिहीवार गरिएको भेलावाट किसान जोलाहको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा मुजिबुद्दीन खाँन, कोषाध्यक्ष कैलाश रैदास, सचिव बाबू साँई, सदस्यमा निजामुद्दीन अंसारी, जाकिर हुशेन साई, जान मोहम्मद खाँन, साबिरा साई, गीता चमार, मेराज साई र अयोध्या प्रसाद यादवलाई चयन गरिएको छ ।

अय्यास साईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेष प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा जाबिर हल्वाई, रियाज अंसारी, शैलेन्द्र कुमार कर्ण, अयोध्या प्रसाद यादव, मुकिम अन्सारी, राजू अंसारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

वडाधिवेशनमा विभिन्न पार्टी परित्याग गरि दुई दर्जन भन्दा बढीको संख्यामा जनमत पार्टीमा प्रवेश गरेको केन्द्रीय सदस्य इरफान अहमद शेषले जानकारी दिए । नेता शेषले अब आउने दिनमा मधेशको नेतृत्व डाक्टर सिके राउतले नै गर्ने बताए ।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech