१६ चैत्र २०८०, शुक्रबार

कोहलपुर क्रिकेट : केसीए, न्यु दर्पण र बिबि वारियर्स सेमीफाइनलमा प्रवेश
  • न्युज मानसराेवर

बाँके बैजनाथ । शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत चौथो दिन तिन वटा क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन् ।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत आयोजक कोहलपुर क्रिकेट एकेडेमी (केसीए), न्यु दर्पण युथ क्लब र बिबि वारियर्स सेमीफाइनल प्रवेश गरेका छन् ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनलमा न्यु दर्पण युथ क्लब युथ क्लबले कारकाँदो क्रिकेट क्लबलाई १४ रनले पराजित गर्यो । न्यु दर्पणले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा कारकाँदोले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्र बनायो ।

कारकाँदोको लागि संगम कंडेलले सर्वाधिक ३४ रन तथा उत्कर्ष विश्वकर्माले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यु दर्पणका बलर रेशम सिंह ठकुरी र दिप रानाले समान २ विकेट तथा सिमोन थापा, करन भण्डारी र प्रेम सुनारले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग रोजेको न्यु दर्पणले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको थियो । उसको लागि दिपक बिसीले ३७ तथा निर्मल बिसीले २५ रन बनाए । कारकाँदोको बलिंगमा हुसेन अलिले २ विकेट तथा संगम कंडेल, कुशल न्यौपाने, नबिन गौतम र खगेन्द्र खनालले समान १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच न्यु दर्पणका दिपक बिसी चुनिए ।

दोश्रो क्वार्टरफाइनलमा आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीले च्याम्पियन्स स्पोर्ट्स क्लबलाई ३ रनले पराजित गर्यो । कोहलपुरले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा च्याम्पियन्सले निर्धारित १५ ओभरमा ७ विकेट क्षेतिमा ९४ रन मात्र बनाउन सक्यो ।

च्याम्पियन्सका ब्याट्सम्यान रोहन केसीले २८ बलमा ३ छक्का र २ चका मद्दतले सर्व्धिक ४४ रन बनाएता पनि टिमलाई जित दिलाउन पर्याप्त भएन । राहुल शर्माले १५ तथा सुनिल खड्काले १० रन बनाए । कोहलपुर क्रिकेट एकेडेमीको बलिंगमा रमेश सिंहले सर्वाधिक ३ विकेट तथा अजय शहानी र लभकुश यादवले समान २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुरले १४.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९७ रन बनाएको थियो । उसको लागि सुजल केसीले सर्वाधिक ३१, रोशन शाहले २१ तथा सुरज दासले १२ रन योगदान दिए । च्याम्पियन्सको बलिंगमा सोम शर्मा र सुनिल खड्काले समान ३ विकेट लिए भने गोभिन्द बिस्टले २ तथा गौतम कनोजिया र राहुल शर्माले समान १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडेमीका सुजल केसी चुनिए ।

तेश्रो क्वार्टरफाइनलमा बिबी वारियर्स नेपालगन्जले युभीसीसी कोहलपुरलाई ६ विकेटले पराजित गर्यो । युभीसीसीले दिएको ७८ रनको लक्ष्य बिबी वारियर्सले ८.४ ओभरमा ४ विकेट गुमाएर ८१ रन बनायो ।

बिबी वारियर्सको लागि प्रनित थापाले अविजित २९ रन, शाहिद अन्सारीले २० तथा सिद्धान्त राज शाहीले १२ रन बनाए ।

यस अघि टस जितेर ब्याटिंग गरेको युभीसीसी कोहलपुरले निर्धारित १५ ओभरमा ५ विकेट क्षेतीमा ७७ रन बनएको थियो । उसको लागि कमल थापाले सर्वाधिक २३ रन तथा सुमन गुरुङ र आलोक चौधरीले समान १९ रन बनाए । बिबि वारियर्सको बलिंगमा निजामुद्दिन हलवाई र आकाश बिस्टले समान २ विकेट तथा सिद्धान्त राज शाहीले १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सिद्धान्त राज शाही चुनिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार विहान चौथो क्वार्टरफाइनलमा बिबिसीसी किर्तिपुर र यस एक्स्पर्टले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारनै पहिलो सेमीफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र न्यु दर्पण युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोश्रो सेमीफाइनलमा बिबि वारियर्सले चौथो क्वार्टरफाइनलको विजेता टोलिसंग प्रतिस्पर्धा गर्नेछ ।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech