१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा काँग्रेसको बिरोध प्रदर्शन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली काँग्रेसले शनिबार बाँकेको कोहलपुरमा विरोध सभा गरेकोे छ ।

ओली सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्यका विरुद्धमा कोहलपुर नगरका बिभिन्न भागको परिक्रमा गरि सभा गरेकोे हो ।

विराेध सभामा सेल्फी खिच्दै बैजनाथ गाउँपालिका वडा न ८ का वडा सदस्य धिरेन्द् शिह ।

सभामा बाँकेका विभिन्न स्थान बाट नेता कायर्कताहरूकाे सहभागिता रहेकाे थियाे ।  विशेष गरि विराेध सभामा बाँकेका  बैजनाथ, काेहलपुर खजुरा , लगाएतका नेता कायर्कताहरूकाे बाग्लाे सहभागिता रहकाे थियाे ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech