१३ बैशाख २०८१, बिहीबार

मानन्धर हत्यामा संलग्न थप दुई जना पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँके प्रहरीले हत्यामा संलग्न भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । २०७२ साल असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएका नेपालगञ्जका हरि वली र विवाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको छ । नेपालगञ्ज १२ सुर्खेतरोडमा २०७२ साल असार २८ गते नेपालगञ्ज ८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न नेपालगञ्ज १८ का ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलाशले आजीवन कैद सजाय तोकेको थियो । त्यस लगत्तै उनीहरु फरार थिए ।

यस्तै लाठी प्रहार गरी भाईको हत्या गरेका नरैनापुरका इसराइल खाँ पनि पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँले १७ वर्षीय भाई रहिसको हत्या गरेका थिए । आपसी रिसिवीमा उनले बारिसी बाबा सामुदायिक वनमा भाईको हत्या गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

यस्तै ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ल पक्राउ परेका छन् । राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

त्यस्तै भन्सार छली चोरी पैठारी गरी ल्याइएको १० वटा खच्चर नेपालगञ्ज १२ शमसानघाटबाट बरामद गरिएको प्रहरी प्रमुख रानाले बताए ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech