१५ चैत्र २०८०, बिहीबार

कोरोना संक्रमणबाट बाँकेमा एकजनाको ज्यान गयो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं.९ का ७१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या आएपछि पीसीआर गर्दा पुष २७ गते रिपोर्ट पोजेटिभ आएको थियो । भेरी अस्पताल नेपालगञ्जमा भर्ना भई रोगको प्रकृतिअनुसार उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि उनको शुक्रवार विहान ६ बजेर ५ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएका ८५ जनाको मृत्यु भइसकेको छ ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech