७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम बाहिरियो
  • न्युज मानसराेवर

काठमाण्डौ । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ । मुलपानीमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीका सौरभ खनालले सर्वाधिक १८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर ४ बलमा ६२ रन बनाएर आउट भयो ।

उसका नारायण जोशीले १७ र सन्तोष भट्टले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका कृष्ण कार्कीले ४ तथा अनिल खरेल र विक्रम भुसालले दुईदुई विकेट लिए । शनिवारको हारसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ । लुम्बिनीले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech