१५ बैशाख २०८१, शनिबार

ओलीलाई साधारण सदस्यबाट निष्काशन गर्ने दाहाल–नेपाल पक्षको तयारी

स्थायी कमिटीको बैठक बस्दै

  • न्युज मानसराेवर

काठमाडौं– राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने तयारी गरेको छ।

तीनदिने स्पष्टिकरण सोधेको दाहाल–नेपाल पक्षले त्यसको जवाफ नआएपछि कारबाही स्वरुप साधारण सदस्यबाट नै निष्काशनको तयारी गरेको हो।

एक स्थायी कमिटी सदस्यले आईतबार बस्ने स्थायी कमिटीको बैठकमा निर्णय हुनसक्ने जानकारी दिए।

ओलीलाई दाहाल–नेपाल पक्षले पत्र नै पठाएर तीन दिनभित्र जवाफ नआएमा साधारण सदस्यसमेत नरहने गरी थप कारबाही गरिने जानकारी गराइसकेको छ।

दाहाल–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार मध्यान्ह साढे १२ बजे स्थायी कमिटीको औपचारिक बैठक बोलाइएको छ।

आजको बैठकमा शुक्रबार काठमाडौंमा गरिएको जनप्रदर्शन, संसद विघटनविरुद्ध घोषणा गरिएको आन्दोलनलगायतका बारेमा समिक्षा हुने र भावि रणनीति तय गरिने कार्यक्रम छ।

त्यस्तै आजको बैठकले पार्टीको विभिन्न कमिटीमा पदाधिकारी नियुक्तिलगायतका निर्णयहरु पनि गर्ने बताइएको छ। पार्टी विभाजन तहमै पुगेपछि एकले अर्को पक्षलाई कारवाही गर्दै आफ्नो पक्षका नेताहरुलाई जिम्मेवारी दिन थालेका छन्।

दाहाल–नेपाल पक्षले केही प्रदेश कमिटीहरुमा इन्चार्ज, अध्यक्षलगायतको जिम्मेवारी तोकिसकेको छ। यद्यपी महासचिवको बारेमा भने अझै टुंगो लगाउन सकेको छैन। नेपाल लाइभ

 

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech